काठमाडौ । यस्तो महा–विपदमापनि भ्रष्ट कर्मचारीहरुले घुस खान छोडेका छैनन् । यी नै भ्रष्ट गिद्धहरुले लुछेर यो देश यसै त छियाछिया भएको छ । त्यसमाथी विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले देश त्रासमा थलिएको छ । विश्वसँगै नेपालपनि थलिएको छ । यसबाट बचाउन राज्यले लामो लकडाउनको घोषणा गरेको छ । लकडाउन हाम देशवासीकै हितमा हो । महामारी नफैलियोस् भनेर हो । तर यही अवस्थामापनि भ्रष्टहरु कमाउँने खेलमा निरन्तर छन् । को बाँच्ने हो या कसको जीवन अन्त्य हुने हो भन्ने त्रासमा विश्व डुबेका बेला यसैलाई मौका बनाउँन तल्लिन छन् । लकडाउनमा सवारी गुडाउने पास खुलेआमा खरिदबिक्रि भइरहेको तथ्य बाहिर आएको छ । लिक भएको एउटा अडियोमा के प्रमाणित भएको छ भने एक व्यक्ति बराबर १५ हजार रुपैयाँ लिएर सवारी पास बिक्रि भइरहेको छ । यो एकै व्यक्तिले पक्कै गरिरहेको छैन । अडियोले सरकारी कर्मचारीको सञ्जाल नै बनेको छ र खुलेआमा पास बिक्रि भइरहेको छ । यसैले लकडाउन भएपनि पास धारीहरुका सवारीको चापले पहिले जस्तै सवारी गुडिरहेका छन् । काठमाडौबाट सोलुखुम्बु जान एक परिवारले नेपाल प्रहरीका हबल्दार बताउँनेलाई १५ हजार दिएर पास किनेको तथ्य अडियोले देखाउँछ । उक्त प्रमाणसहितको भिडियो तल अपलोड गरिएको छ । उक्त भिडियोबाट जानकारी लिनुहोस् ।
https://youtu.be/dLGV2I4GfWA Exclusive Video

तपाईको प्रतिक्रिया