काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को कारणले नेपाल सरकारले लागु गरेको लकडाउनको २४ औँ दिन नौविसेका युवाहरुले भोका पैदलयात्री मजदुरहरुलाई निशुल्क खाना खुवाएका छन् । धादिङको धुनीबेशी नगरपालिका नौविसेका युवाहरुले लकडाउनमा राजमार्ग हुँदै गन्तव्यमा हिँडेका विभिन्न जिल्लाका पैदलयात्री मजदुरहरुलाई निशुल्क खाना खुवाएका हुन । नौबिसे हुँदै देशका विभिन्न जिल्लामा हिडेका करिब १४५ पैदल यात्रुलाई भोजन तथा यातायातको समेत ब्यबस्था गरेको स्थानिय युवा समाजसेवी मनिष उप्रेती बताउछन ।
यस संकटको घडीमा मानबसेवानै सबै भन्दा ठुलो धर्म भएको हुँदा तथा विपदमा परेका पिडित नागरिकलाइ सहयोग गर्नु युवाहरुको दायित्व भएको हुँदा युवा समाजसेवीहरु मनिष उप्रेती लगायत अरुण लामा, जीवन श्रेष्ठ, सुनिल लामा, प्रदिप उप्रेती, दिनेश उप्रेती,बलु भुजेल र सन्तोष गुप्ताको पहलमा भोका, पिडितहरुलाई खाना खुवाउने कार्य सम्पन्न गरिएको थियो ।
नौबिसेको बाटो हुँदै दैनिक हजारौ सर्बसाधारण जनताहरु दुखका साथ् आफ्नो गाउँ घर पैदल फर्किरहेको हुनाले त्यस तर्फ पनि सरकारले उचित ध्यान दिनु पर्ने स्थानिय युवाहरुको माग रहेको छ ।