काठमाडौं, । नेपाली मेघा स्टारको उपमा पाएका लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्यूजिक भिडियोमा काम गरेपछि उनलाई कृका निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका हुन् ।

मुम्बइमा बसेर संघर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यि सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । कृमा काम गरेपछि केही नेपाली र पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी अदितीको कभरेज भारतका चर्चित मिडियाहरुले पनि बेला बेलामा गर्ने गर्छन् ।

उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरु प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिती झनै इस्टाग्राममा खुलेकी छिन् । सामाजिक संजालमा भाइरल बनेकी अदितीले शुक्रबार फेरी आफ्नो हट अवतारको तस्विर इस्टाग्राममा पोष्ट गरेकी छिन् ।

तपाईको प्रतिक्रिया