मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पुराना साथी भाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाई टाढिए पनि टाढाका साथी भाइसँग नजिकिन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामान्य आम्दानी भइ रहेपनि अर्थ अभावले सताउन सक्छ । छर छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नु परेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । साथै, सवारीसाधन चलाउँदा पनि सावधान रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मान सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ ।