काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय अभिनेत्री ज्याकलिन घरमै छिन् । यसैक्रममा उनी नयाँ फिल्ममा देखिने चर्चा चलेको छ ।
भारतिय मिडियाका अनुसार उनी ‘मिसेस सिरियल किलर’मा देखिने बताइएको छ । उनी यस फिल्ममा नयाँ लुक्समा देखिने बताइएको छ । उनी देखिने फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ ।
उनले ट्रेलर शेयर गर्दै आफ्नो अभिनय रहने जानकारी गराएकी छिन् । भारतिय मिडियाका अनुसार यस फिल्ममा उनी र मनोज बाजपेयी श्रीमान् र श्रीमतीको भूमिकामा देखिने बताइएको छ यस फिल्मलाई शिरिष कुन्दरले निर्देशन गरेका छन् । भने निर्माण फराह खानको रहेको छ ।