काठमाडौं – पछिल्लो समय कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बलिउड ठप्प छ । फिल्मका कामहरु बन्द भएपछि सबै कलाकारहरु अहिले घरमै समय बिताइरहेका छन् । यसैक्रममा सामाजिक सञ्जालमा बलिउडमा भएका पुराना घटनाहरु बारे चर्चा भइरहेको छ ।
बलिउडका चर्चित दुई अभिनेत्री रानी मुखर्जी र ऐश्वर्या राय बच्चनबीच लामो समयदेखि त्यति राम्रो सम्बन्ध छैन । उनीहरुको सम्बन्ध फिल्म ुचलते(चलतेु लाई लिएर बिग्रीएको थियो । यस फिल्ममा अभिनेता शाहरुख खानको मुख्य भुमिका थियो । यस फिल्ममा अभिनेत्री रानी मुखर्जीका कारण ऐश्वर्या राय बच्चनलाई हटाइएको थियो । त्यहि समयदेखी यि दुइबीच मनमुटाभ शुरु भएको थियो ।
जब अभिनेत्री रानी मुखर्जीका प्रेमी अभिषेक बच्चनसँग ऐश्वर्याको विवाह भयो । त्यसपछि झन उनीहरुको विवाद भएको थियो । विवाहमा ऐश्वर्याले रानिलाई पनि बोलाइनन् । त्यसपछि एक अन्तवार्तामा रानीले आफुलाई विवाहमा किन निम्तो नगरेको भन्ने अभिषेकले मात्र भन्न सक्ने बताइन् । खासमा विवाहपछि नै उनीहरुको सम्बन्ध बिग्रियो । विवाहपछि अभिषेक र रानी पनि एक अर्कामा भेट गरेनन् ।