काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा सिवाकोटीले आइतवार सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छिन् । उनले आफ्नो बुबालाई सम्झिदै त्यो कालो रात कहिल्यै नआइदिएको भन्दै स्टाटस लेखेकी छिन् । उनले बुबाको आशीर्वाद सधै आफुमा रहेको बताउदै दुइ पाइला लाइ आफुले कहिल्यै डगमगाउन नदिने बताएकी छिन् ।
उनले लेखेकी छिन् – छोरी का लागि सबै भन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे तर जब विश्वास को अर्थ बुझ्ने उमेर भएको थियो हजुर त छाडेर गै सक्नु भएको थियो … तर आफ्नो ठाउ मा मेरो अगाडि हजुर ले उभियाइ दिनु भएको त्यो आत्मबल , निष्ठा र आत्म सम्मान को छबि लाइ सधै एक्लै डोहोर्याइ हिडेका यि दुइ पाइला लाइ म कहिल्यै डगमगाउन दिने छैन …
भगवान को काख बाट यसरि नै सधै हजुर को आशीर्वाद बर्सि रहोस र परिवार प्रति हजुरले सुम्पिनु भएको जिम्मावारी लाइ सहज निर्वाह गर्न सकु … माया गर्ने मान्छे को याद मा समय बितेको त पत्तो नै नहुने रैछ … यि १० बर्ष कति चाडो बिते , थाहै भयेन ! फेरि पनि लाग्छ वैशाख को त्यो कालो रात कहिल्यै न आयिदियेको भए ………… Miss you Daddy #10yearsofseparation