काठमाडौं – बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । बैशाख ७ गते जन्मिएका हाँस्यकलाकार मदन कृष्णले आज आफ्नो ७० औं जन्मदिन मनाउदैछन् ।
उनलाई बिहानै देखि हास्यकलाकारहरिवैश आचार्य लगायत धेरै कलाकारले जन्मदिनको शुभकामना दिएका छन् । लकडाउनका कारण घरमै रहेका मदन कृष्णले आज आफ्नो जन्मदिन परिवारसँग मनाउदैछन् । उनले हालसम्म धेरै हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन् । उनलाई आज बिहानै सामाजिक सञ्जाल मार्फत हरी बंश आचार्यले जन्मदिनको शुभकामना दिइका छन् ।