सोलुखुम्बु घर भएका र हाल विभिन्न पेशा गरेर काठमाडौमा बसोबास गर्दै आएका युवाहरु अब महामारीसङ्ग लड्न एक जुट हुने भएका छन। लामो समयसम्म देश लकडाउन भए पछि सोलुखुम्बुबाट आएर काठमाडौमा बसोबास गर्दै आएको बिपन्न बर्गका मजदुर तथा विध्यार्थीहरुमा बिहान बेलुका के खाने भन्ने चिन्तामा रहेको अबस्थामा अब भने त्यस्तो समस्य नहुने अनुमान गरिएको छ। अब राहात पाउने भए पछि सबै सोलुबासीमा खुसियाली छाएको छ। अहिले तिब्र गतिमा राहात बितरनको लागि बिबरन सङ्कलन गर्ने काम भै रहेको छ।
विशेष गरि दुई वटा ठुला पार्टिका भाद्रीसङ्गठनको अगुवाईमा यो काम हुने भएको छ। सोलुखुम्बुबाट काठमाडौ आई बसोबास गर्ने र पार्टिमा कृयाशिल रहेका युवाहरुले यो सकृयता बढाएको हो। अब नेपाली काङ्ग्रेस सोलुखुम्बु काठमाडौ सम्पर्क समिती र नेकपा माप्य दुधकोशी गाउँ पलिका सोलु काठमाडौ सम्पर्क समितिले छुट्टाछुट्टै राहात बितरनको बिबरन सङकलनको काम अन्तिम चरनमा पुर्‍याएको बताएका छन। अब राहात पाउने ब्यक्तिहरुको बिबरन अन्तिम चरनमा पुगे पनि राहात बाड्न पासको ब्यबस्था मिलाउनु पर्ने भएकोले अब प्रक्रिया पूरा गरि पास लिएर बितरन गर्ने जनाएको छ। तर यो बेला जुन सङ्गठनले राहात बितरन गरे पनि पार्टिगत आस्थाको आधारमा राहातमा कुनै पनि विभेद नगर्ने बताएका छन।
लकडाउन सुरु भए पछि राहातको सरकारले ब्यबस्था गरिदिनु पर्ने भन्दै केही युवाहरुले सामाजिक सन्जालमा माग गर्दै आएका थिए। त्यहाका स्थानिय जनप्रतिनिधि तथा सरकारको आलोचना समेत हुँदै आएको थियो तर अहिले त्यो आक्रोश खुसिमा परिनत हुने भएको हो। यसै बिच सोलुखुम्बु जिल्लाका प्रतिनिधि सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य हेम कुमार राईले जिल्लाका आठ ओटै स्थानिय तहका सरकार प्रमुख र कर्मचारीहरुलाई सम्पर्क गरि जिल्ला बाहिर रहेका आफ्नो नागरिकहरुको अवस्था बुझ्न आग्रह गर्नु भएको छ। जिल्ला बाहिर रहेको नागरिकहरु आपत बिपतमा परेका छन भने अबस्था बुझेर अवस्यक सहयोग गरि उद्दार गर्न आग्रह गर्नु भएको हो। राईको आग्रह लगतै स्थानिय सरकारले समस्यमा परे सम्पर्क गर्न सामाजिक सन्जालहरु मार्फत आग्रह गर्दै आउनु भएको छ। सोताङ गाउँ पलिका, महकुलुङ गाउपालिका लगायतले पनि राहातको लागि गाउपालिकाबाट बाहिर रहेकाहरुलाई आफ्नो नागरिकलाई सम्पर्कमा आउन अग्रह गरेका छन।

तपाईको प्रतिक्रिया