काठमाडौं । नायक आशिफ शाहले कोरोनाभाइरस (कोभिड १९)को संक्रमणको विषयलाई लिएर साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मालम्वीलाई निशाना साँध्ने काम नगर्न सबैमा अपील गरेका छन् ।
सामाजिक सञ्जालमा असिम शाहको विचार साभार गर्दै नायक आशिफ शाहले सदियौंदेखि सबै धर्मावलम्बी मिलेर बसेको इतिहास रहेको र अहिले कोरोनाको विषयलाई लिएर साम्प्रादायिक विभेद गर्ने र विशेष धर्मावलम्बीहरुलाई निशाना साँध्ने प्रयास भइरहेकाले सचेत रहने आग्रह गरेका छन् ।
मुस्लिम धर्माबलम्बीहरुले कोरोनाभाइरस संक्रमण फैलाएको हल्ला चलेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यदी यो सत्य हो भने सबैभन्दा बढी जोखिम मुस्लिम समुदाय नै परेका छन् ।’ कोरोनाभाइरस संक्रमित मुस्लिम रहेका छन् भने प्रहरीलाई खबर गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने भन्दै उनले लेखेका छन्, ‘अनावश्यक हल्लाको पछि नलागौं, साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मावलम्बीलाई निशाना साँध्ने काम नगरौं । बरु कतै कुनै जमातीजन मस्जिदमा फसेका भए त्यसबारे प्रहरीलाई खबर गरौं र क्वरन्टाइन पठाउन मद्दत गरौं ।’
कोरोनाभाइरसविरुद्ध लड्ने बेलामा जातीय विभेदका कुरा गर्न नहुने भन्दै उनले जात विशेषलाई मात्रै कोरोनाभाइरस संक्रमण नहुने बताए । यसबारे उनले लेखेका छन्, ‘तीज, छैठ र रमजानको व्रत हामीले सँगै मिलेर मनाएका छौँ, तर आज कोरोना भाइरस अर्थात ( कोभिड १९ ) सगँ लड्न हामी किन हिन्दु र मुस्लिम गरी रहेका छौ ? रोग कुनै धर्म वा जात हेरेर लाग्ने कुरा हैन यदि मुस्लिम समुदायबाट कोरोना फैलाउने कार्य भएको भए सबै भन्दा धेरै जोखिम त मुस्लिम समुदायलाई नै छ, तर अफसोस केहि दुई पैसामा बिक्ने अनलाइन मिडिया र तुच्छ मस्तिष्क भएको व्यक्तिहरुले हामी बीच दंगा गराउने प्रयास गरि रहेका छन् ।’
नायक आशिफ शाहले फेसबुकमा शेयर गरेको स्टाटस जस्ताको तस्तै :
हामी नेपालीहरु सदियौ देखि मिलि आयौ सगै दशैको टिका नि लगायौ र इदमा सेवै र बिर्यानि पनि खायौ ।
देशमा परि आएको बेला न हिन्दु न मुस्लिम भनि काधमा काध मिलाएर हिडयौ र हरेक कठिन परिस्थितिमा सगै उभियौ ।
नेपाल एकिकरण देखि लिएर गणतन्त्र ल्याउँदासम्म सगै लड्यौ ।कोही कसैको मृत्यु हुदा कन्धामा कन्धा मिलाएर दागबत्ती र मट्टी पनि दियौ ।चाहे हिन्दु दिदीबहिनी हुन् या मुस्लिम हामीले राखी बन्धन र भाई टिका लगाएर दिदीबहिनीको रक्षा गरेका छौ ।तिज, छैठ र रमजानको व्रत हामीले सगै मिलेर मनाएका छौ तर आज कोरोना भाइरस अर्थात ( Covid-19 ) सगँ लड्न हामी किन हिन्दु र मुस्लिम गरी रहेका छौ ?रोग कुनै धर्म वा जात हेरेर लाग्ने कुरा हैन यदि मुस्लिम समुदायबाट कोरोना फैलाउने कार्य भएको भए सबै भन्दा धेरै जोखिम त मुस्लिम समुदायलाई नै छ तर अफसोस केहि दुई पैसामा बिक्ने अनलाइन मिडिया र तुच्छ मस्तिष्क भएको व्यक्तिहरुले हामी बीच दंगा गराउने प्रयास गरि रहेका छन् ।
जमात” भनेकाे घर छाेडेर हिँड्ने समुदाय हाे, बाैद्ध धर्मका भिक्षुहरूजस्तै हिन्दुहरुको जोगी जस्तै । यस्तो जमातमा हिँडेको बेला उनीहरू बस्ने ठाउँ मस्जिद नै हाे। अनावश्यक हल्लाको पछि नलागौं, साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मालम्वीलाई निशाना साँध्ने काम नगराैं । बरु कतै कुनै जमातीजन मस्जिदमा फसेका भए त्यसबारे प्रहरीलाई खबर गरौं र क्वरन्टाइन पठाउन मद्दत गरौं ।
जमात एक सदियौ देखि चलि आएको हो यसले हामी मुस्लिम समुदायमा इस्लामिक तौर तरिका, समाजमा बिग्रेर हिनेका युवाहरुलाई माया र सदभावले इस्लामिक तरिकाले हिन्ने बाटो देखाउछ र जुन कुरा लुकेर बसेको भनिएको छ त्यो सरासर गलत र अफवाह हो जमात भनेको ३ दिनको, ४० दिनको, ४ महिनासम्मको हुन्छ जसमा घर परिवार छोडेर मुस्लिम समुदायबीच गएर इस्लामिक तौर तरिका सिकाउन गर्दछ र यहि क्रममा विभिन्न ठाउँको मस्जिदमा बस्दै आएका हुन्छन् न कि कुनै समुदाय भित्र गएर इस्लामको प्रचार गर्छन तर तत्कालै Lockdown लागेकोमा उनिहरु त्यहा फ़सेका हुन न कि कोरोना फैलाउन आएका हुन ।
आउनुस हामी सबै नेपाली एक भइ काँधमा काँध मिलाएर कोरोना जस्तो रोगसगँ लडौं।
सबै सुरक्षीत रहौ सजग रहौ।
जय देश, जय नेपाल