नायिका पूजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ यो वर्षको तीजमा रिलिज गर्ने लक्ष्य निर्माताले लिएका थिए । तर, कोरोनाको सन्त्रासका कारण चलचित्र तोकिएको मितिमा रिलिज हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।

यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र गतवर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध कारणले गर्दा चलचित्र रिलिज हुन सकेन ।

नायिका पूजा शर्माले भने चलचित्र रिलिज हुन ढिलाई भएपनि चलचित्रका तस्वीरहरु एकपछि अर्को सार्वजनिक गरिरहेकी छिन् ।

पूजाले चलचित्रमा समावेश एक गीतको तस्वीर शेयर गर्दै लेखेकी छिन्–‘सबै कुरा विर्सिएर आउनुहोस् मसँग नाच्नुहोस् ।’

यो तस्वीरमा पूजा मस्ती मुडमा देखिएकी छिन् । पूजाको स्टाटसले उनको अहिले चर्चामा रहेको नायिका सुष्मा कार्कीसँगको विवादलाई लक्षित गरेपनि तस्वीरले भने उनका शुभचिन्तकहरुको उत्साहलाई अझै बढाएको छ ।

तपाईको प्रतिक्रिया