साहित्यकार पिटर जे. कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका कारण ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा आज उनको निधन भएको हो । उनि आफ्नो जीवनकालमा साहित्य लेखन, संगीत र पत्रकारितामा सक्रिय रहेका थिए ।

कार्थकको चर्चित उपन्यास ‘प्रत्येक ठाउँ:प्रत्येक मान्छे’ ले सन् १९७८ मा साझा पुरस्कार पाएको थियो । सन् २००४ मा यस उपन्यासको अंग्रेजी अनुबाद पनि प्रकाशित भएको थियो ।

कार्थकको जन्म सन् १९४३ मा शिलोंगमा भएको थियो । उनि दार्जिलिंगमा हुर्किए र सन् १९६५ मा काठमाडौँ आएपछि आफ्नो पुरा जीवन यतै बिताए । उनले पछिल्लो पटक सन् २०१८ मा ‘काठमान्ड्रुइड्स’ शिर्षकको उपन्यास अंग्रेजी भाषामा प्रकाशित गरेका थिए ।

तपाईको प्रतिक्रिया