विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै गरिएको लक डाउनका कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित भएका छन । संसारभरका मान्छेहरु अहिले कोरना माथि विजय पाउन संघर्ष गरिरहेका छन । एकदिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरु बाचिरहेका छन । आश छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाकी हुन्थ्यो र ।
कोरना कहर बिच गायक विवेक झाले आशाको गीत ‘भिड’ लिएर दर्शक स्रोता माझ आएका छन । अहिलेको अवस्थामा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेका छन । जीवन देखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवश छन । आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो , संघर्ष नै जिन्दगी हो , बाँचुन्जेल संघर्ष गर , समस्या अस्थायी हुन्छ , दुख सत्य हो , दिन पछि रात हुन्छ , रात पछि दिन हुन्छ त्यसैले हिम्मत नहार , मैदान नछोड भन्ने संदेश दिन खोजेका छन ।
गीतमा शब्द र संगीत विवेक झाको रहेको छ। गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ । यसअघि कमेडी भिडियोहरुमा प्राय देखिने निश्चलले आफ्नो मनछुने अभिनय बाट सबैको मन जितेका छन । उज्ज्वल जोशीले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।
मृत्यु सबै खाले होस तर आफैले आफैलाइ मार्नु नपरोस । जीवनमा आफू संग हार्नु जस्तो पीडा अरु केही हुन्न । मर्नु सरल छ जिउनु कठिन , यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउदा हुन्छन लड्छन र जिउछन भन्ने संदेश दिन निर्देशक थापा सफल भएका छन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। यस गीतलाई माया गरिदिन ‘भिड’ टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया