काठमाडौ ( आज आमाको मुख हेर्ने दिन । आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई मनाइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका ञदिनमा मनाइने आमाको मुख हेर्ने दिनमा नेपाली चलचित्र क्षेत्रका कलाकारले बिहानै आमाको सम्झनामा तस्बिर शेयर गरेका छन् ।

सामाजिक सञ्जालभर आज सबैले आआफ्ना आमाको तस्बिर शेयर गरेका छन् । यस्तै नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय गायिका धनकुमारी थापा सरुले पनि सामाजिक सञ्जालमा आमासँग अंगालोमा बाँधिएर मुस्कुराइरहेको तस्विर शेयर गरेकी छिन् । तस्बिरमा उनले आफनो आमालाई भगवानको रुपमा लिएको लिएको उल्लेख गरेकी छन । उनले आमाले दिनुभएको सस्कार र सफलताको कारण आजको दिनमा खुशीको अनुभुती भएको बताएकी छन ।

तपाईको प्रतिक्रिया