विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लकडाउन पनि १ महिना पुगिसकेको छ । विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतको लिरिकल गीतको म्युजिक भिडियो र घरमा बसेर बनाइएका लकडाउन सम्बन्धि सर्ट मुभीहरु सार्वजनिक भएका छन । यस्तै कोरोना भाइरस सम्बन्धी एउटा चेतनामुलक गीत सार्वजनिक भएको छ जिनियस म्युजिकबाट सार्वजनिक गीतमा रमेश पाठकको शब्द संगीत र स्वर रहेको छ। उहाँले सबैभन्दा भिन्न तरिकाले मास्क, पन्जा लगाई नमस्कार गरेको सचेतना मुलक फोटो मार्फत लिरीकल कोरोना सचेतना मुलक गीत सार्बजनिक गरेका हुन । गीतको शब्द मन छुने नै छ शब्द अनुसार संगीत स्वर अनी लिरीकल भिडियो उत्कृष्ट बनेको छ योगेश दाहालले लिरिकल भिडियो बनाएका उक्त गीतमा भुपु पाण्डे र नरेन्द्र वियोगीले अडियोको काम गरेका हुन।
समय सान्दर्भिक सन्देशमुलुक गीतहरु को साथै पप ,आधुनिक लोकदोहोरी जस्ता धेरै विधाका गीतहरु गाउन सक्ने खुबी भएका बहुमुखी प्रतिभाका धनी गायक पाठक गीत रचना अनि संगीतमा पनि त्यतिकै पोख्त छन् । लामो समय नेपाल टेलिभिजन प्लसमा कार्यक्रम संगीत मन्थन चलाएका पाठक जिनियस म्यूजिक को साथै जिनियस म्यूजिक एन्ड डान्स स्कूलका निर्देशक रमेश पाठक एक संगीत ब्यबसायी पनि हुन । गायक पाठकको यस अघिका दशैतिहार गीत र तीजगीत साथै के गर्ने के गर्ने भन्ने गीतलाई दर्शकलेअत्यधिक मन पराएका थिए ।

 

तपाईको प्रतिक्रिया