1 सुशीलताले कुलको शोभा दिन्छ ।

2 बुढाको श्रीमती मर्नु, साथको धन दाजुभाइको हात पर्नु,अर्र्काको आसमा खाना खानु यो भन्दा दुखी व्यक्ति अर्को हुँदैन

3 अ’हंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’

4 जीवन आराम र गतिबीचको सन्तुलन हो ।’

5 ‘जहाँ ड’र हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’

6 कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन । तपाईं आफूमा जे हुनुहुन्छ, एकदम सही हुनुहुन्छ । पहिला आफूलाई स्विकार्नुस् ।’

7 ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’

8.ग’म्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । ञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ ।

9. हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ, जसले स्वयं आफैँलाई जान्दैन ।’

10, ‘बितेको समयका कारण बो’झिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ, त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’

11.‘यदि तपाईं कुनै काम विनाप्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ । यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो भने राजा हुनुहुन्छ । तपाईंको काम नै तपाईंको खुसी हो ।’

12 ‘कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो । आफैँलाई सोध्नुस्, के म कसैको सच्चा साथी हुँ ? मुख्य प्रश्न यही हो

तपाईको प्रतिक्रिया