बलिउड अभिनेत्री अदा शर्मा लकडाउनका बीच सामाजिक सन्जालमा निकै सक्रिय हुन थालेकी छिन् । केही दिनअघि एउटा भिडियो सेयर गरेर सबैको ध्यान तानेकी अदाले अब एउटा तस्वीरबाट नै सबैको ध्यान जितेकी छिन् ।

सोमबार उनले इन्स्टाग्राममा एउटा तस्वीर राखेकी छिन् । अनि त यही एउटा तस्वीरका कारण उनी चर्चाको शिखरमा पुगेकी छिन् ।

उनले मन्डे ब्लूज भन्दै नीलो कपडा लगाएको यो तस्वीरमा ३ लाखभन्दा बढीले लाइक गरेका छन् । यतिमात्र होइन, बलिउडका चर्चित हस्तीहरुले पनि यसमा प्रतिक्रिया दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया