काठमाडौं – फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक रेनशा बान्तवा राई यतिबेला अर्को फिल्म ‘आइ एम ट्वान्टीवान’ स्क्रिप्ट लेखनमा जुटेकी छिन् ।

अघिल्लो वर्ष नै घोषणा गरिएको यो फिल्ममा धिरज मगरले अभिनय गर्ने फाइनल भइसकेको छ । लकडाउनका बेला रेनशाले फिल्मको कथा तयार पार्दै गरेको तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । यतिबेला उनले फिल्मको स्किृप्ट लेखिरहेकी छिन् ।

‘आइएम ट्वान्टीवान’ एक प्रेमकथामा आधारित फिल्म हुनेछ । यसअघि रेनशाले निर्देशन गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले राम्रै चर्चा कमाएको थियो । फिल्ममा धिरज मगर र साम्राज्ञी शाहको जोडी थियो ।

फिल्म ‘आइ एम ट्वान्टीवान’ मा भने धिरज मगर र जसिता गुरुङको जोडी रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया