काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चेपटामा विश्वका चर्चित कलाकार पनि परेका छन् । विश्वका ६ लाखभन्दा बढी ब्यक्ति संक्रमित भइसकेका छन् भने २६ हजारले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको संक्रमणमा बेलायतका प्रधानमन्त्रीदेखि हलिउड र बलिउडका हस्तीहरु परेका छन् ।

बलिउडकि चर्चित अभिनेता दिलीपकुमार, अभिनेत्री करिना कपुर कोरोना संक्रमणका कारण आइसोलेशनमा छन् । भारतमा पनि कोरोनाको प्रकोप तिव्र गतिमा बढीरहेको छ ।

अभिनेत्री इन्दिरा बर्मा हलिउड अभिनेता टम ह्याङक्स, टिभी सो होस्ट एन्डी कोहेन, भारतबंशी , अमेरिकन रेडियो र टिभी होस्ट एन्डी, अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम, अमेरिकी गायक सार्लेट लरेन्स, अभिनेत्री रसैल म्याथ्युज, अभिनेता तथा निर्देशक इदरिस अकुना, फ्रेन्च अभिनेत्री ओल्गा कुरेलिन्को, अभिनेत्री तथा गायिका रिटा विल्सन कोरोना संक्रमित छन्।
बेलायतका राजकुमार र प्रधानमन्त्री समेतलाई कोरोनाले छोएको छ । उनीहरु अहिले आइसोलेशनमा छन् ।

तपाईको प्रतिक्रिया