ठूलो चुनौतीको रुपमा विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लामो लकडाउन र
कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यमबाट मनोरन्जन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिलकुल्लै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन् ।
रोमाण्टिक भर्सनको यस गीतमा मानिस एक रहन असल छैन ,जिन्दगी जिउन साथी चाहिन्छ भन्ने भाव व्यक्त गरिएको छ । गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ भने शब्द अनिल शर्माको रहेको छ । गीतमा संगीत बिशाल पौडेलको रहेको छ ।
म्युजिक भिडियोमा नायिका केकी अधिकारी र मोडेल बिजेन्द्र जोशीको अभिनय रहेको छ । रमाइलो ठाउमा छायांकन गरिएको भिडियोमा कलाकारहरुको रोमान्स देख्न सकिन्छ । संजित के घिसिङ्ले छायाँकन र सम्पादन गरेको भिडियोलाई संजित र अनिश क्षेत्रीले मिलेर निर्देशन गरेका हुन् ।
दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक रेग्मीले बाल्यकालदेखि नै विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्जनौं गायन प्रतियोगिताहरुमा विजयी समेत भैसकेका छन् ।
म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। विगत १५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका गायक रेग्मीले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया