संसार भर कारण
विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लकडाउन पनि ४५ दिन पुगिसकेको छ । विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतको लिरिकल गीतको म्युजिक भिडियो र अडियो हरु सार्वजनिक गरिरहेका छन्
लामो लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका रानी शाक्यले आफ्नो नयाँ सिर्जना ‘फुल होइन मेरो माया’ सार्वजनिक गरेकी छिन ।
हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । कोरना कहर बीच सेवा पुर्याइरहेकी शाक्यले संगीत मार्फत मन बहलाउन लभ भर्सनको रोमाण्टिक गीत सार्वजनिक गरेकी हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द लक्ष्मी श्रेष्ठको रहेको छ । गीतमा संगीत ओम कर्माचार्यको रहेको छ ।
गायिका शाक्यका यसअघि ‘को हो त्यो’ , ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन। चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी , सहदेव ढुंगाना , लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यको हाल सम्म डेढ दर्जन गीत सार्वजनिक गरिसकेकी छिन ।
स्वयम गायिका शाक्यको अफिसियल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायिका शाक्यले बताएकी छिन ।

तपाईको प्रतिक्रिया