काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरिएको छ । नेपालमा यसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ४ जना व्यक्ति सङ्क्रमित देखिएका छन् भने ३६ जना निको भएका र दुई जनाको मृत्यु भएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि सचेतना गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा योगश काजी, सारिका घिमिरे र मदन सेञ्चुरीको स्वरमा रहेको गीत ‘खुशी साटौ’ स्रोता/दर्शकमाझ आएको छ । सारिकाको शब्द, योगेशको सङ्गीत/सङ्गीत संयोजन र मिक्सिङ/माष्टरिङ एचवीएन किस्मत रहेको गीतमार्फत कोरोना कहरबाट बच्न घरमै बसौ, सुरक्षित होऔं र खुशी साटौ भनिएको छ ।

गीतको भिडियोमा गायिका मेलिना राई, काटुर्नन क्रुजका आस्मा र सरोज, गायक तथा सङ्गीतकार वसन्त थापा, हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, गायक प्रकाश सपुत, नृत्यकार ओभिया भण्डारी, जुक्तिविक्रम शाही, संसद तथा गायिका कोमल वली, गायिका देविका वन्दना, निर्देशक तथा कोरियोग्राफर गम्भिर विष्ट, लोकगायक तेजश रेग्मी, गायक प्रताप दास, मोडल दीपासा विसी, नायक तथा निर्देशक गजित विष्ट, गायक स्वरुपराज आचार्य, गायिका तथा मोडल स्मृति पोख्रेल, बैङ्कर रुपक घिमिरे, गीतकार टंक कंडेल, मोडल अञ्जना कंडेल, कलाकार रोशनी केसी, सामाजसेवी अरोन योञ्जन, मोडल सुनिशा बजगाईं, सञ्चारकर्मी कृष्ण भट्टराई, समाजसेवी सन्तोष दाहाल, निर्देशक शंगम कायस्थ, फोटोग्राफर म्याकी विलसन, सङ्गीतकार अर्जुन बस्याल, विद्यार्थी सितल काजी, समिर काजी, सपनम पौडेल, सङ्गीतकार करण राज काजी, साउण्ड इञ्जिनियर एचवीएन किस्मत, व्यवस्थापन प्रमुख निराजन तण्डुकार, कलाकार खुस्वु खडका, स्टाफ नर्स सीता/ज्योती, सञ्चारकर्मी गीता अधिकारी, हास्यकलाकार सुलेमान शंकर ‘इक्कु’, मोडल शिलास्मा हमाल, समाजसेवी चित्र सापकोटा, गायक श्रीकृष्ण बम मल्ल, गायिका शुसिला पाठक, कलाकार राजाराम पौडेल, गीतकार लोकराज अधिकारी, गायक सिमान्त सन्तोष, सञ्चारकर्मी दीप ज्योति थापा, गायक मेघ पौडेल, गायक राजेश ब्रदेवा, कलाकार दीपसन परियार, बालकलार गुसाग्र भट्टराईलगायतलाई फिचरिङ गरिएको छ ।

‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत ‘खुशी साटौ’ स्रोतारदर्शकमाझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेशसारिकाले भने ‘हामीले घरमा बसेर खुशी साटौं माया बाढौं र कोरोनालाई जितौ भन्ने सन्देशका लागि यो गीत प्रस्तुत गरेका हौ ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता/दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोतारदर्शकको रोजाइमा रहेका छन् ।

तपाईको प्रतिक्रिया