काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा बलियो निर्देशकिय छवि बनाएका समाजसेवी, निर्देशक,लेखक तथा कलाकार एभरेष्ट सूर्य बोहोरा २२ बर्षको उमेरदेखी नेपाली कलाकारिताका क्षेत्रमा सक्रिय अनुभवि र सफल निर्देशकको रुपमा परिचित छन् । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को विषम परिस्थितिमा लकडाउनको समस्याले गर्दा बिसेष गरि काठमाडौँमा दैनिक ज्याला मजदुरी गर्ने, अलपत्र परेका निम्नबर्गका जनता, राहतबिहिन पिडित तथा भोका नागरिकको लागि राहत वितरणको साथमा दैनिक खाना खुवाउने कार्यमा सक्रिय भूमिका निर्बाहा गर्दै अहोरात्र खटिरहेका निर्देशक तथा समाजसेवी एभरेष्ट सुर्य बोहोरा “कोभिड- १९ हिरो अवार्ड” बाट सम्मानित भएका छन् । अमेरिकामा रहेको ‘हामि नेपाली- ग्लोबल’ नामक संस्थाले कोभिड-१९ बिरुद्द निरन्तर मानब र मानबियता हितको लागि पुर्याएको सेवाको उच्च मुल्यांकन गर्दै उनलाई “कोभिड- १९ हिरो अवार्ड” प्रदान गरेको हो।

आफ्नो स्वास्थ्यलाइ समेत जोखिममा राख्दै निरन्तर लकडाउनमा परेर हातमुख जोड्न कठिन भएका नेपाली जनताहरुको उद्दारमा अहोरात्र खटिरहेका निर्देशक तथा समाजसेवी एभरेष्ट सुर्य बोहोरा बिगत लामो समय देखि सामाजिक कार्य तथा नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । एक सचेत नागरिकको हैसियतले मुलुकमा आईपरेको संकटको घडिमा हातेमालो गर्दै नेपाली जनताको सेवामा समर्पित बोहोरा कोरोना भाइरस बुरुद्द जनचेतना समेत फैलाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया