नेपाल सरकारले बुधबार मात्रै लिपुलेक ,लिम्पियाधुरा , कालापानी समाबेश नेपालको नयाँ नक्सा जारी गरेको छ । अहिले सामाजिक सञ्जाल र संचार माध्यममा बिगत लामो समय देखि नेपाली भूभागमा लिपुलेक ,लिम्पियाधुरा , कालापानीलाइ भारतले कब्जा गरेको बिसयमा बहस चलिरहेको छ कतिपय गायक,सर्जक र कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन । यस्तैमा देश भूगोल [छेत्रफल ]मा ठुलो होस या सानो तर सार्वभौमसत्ता समान हुन्छ भन्ने भाव सहित गायक सुरेन गौतमले ‘मेची टेक्दै काली पुग्दा’भन्ने देशभक्ति गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेका छन ।
गीतमा तुलसी बस्नेतको शब्द र विक्रम थापाको संगीत रहेको छ । संजय गौतमको निर्देशनमा बनेको म्युजिक भिडियोमा बुद्ध सायमीको छायाकंन रहेको छ । गायक गौतमको यसअघि ‘प्रनभ‘ सांगीतिक एल्बम बजारमा आइसकेको छ भने ‘शुभ जीवन’ एल्बम आउने तयारीमा रहेको छ ।पाल्पाका उदियमान गायक गौतमले भिडियोलाई माया गरिदिन स्रोता ,दर्शक र मिडिया हाउस र नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया