काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक गरिएको छ । बैदेशिक रोजगारीमा गएका दिदीबहिनी दाजुभाइको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै अन्तरा साङ्गीतिक समुहले गीतको भिडियो स्रोता/दर्शकसामु ल्याएको हो ।

अशोक लोहारुङ राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा संजय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङको स्वर रहेको छ । गीतमा युवालाई देश विकासमा लाग्न र नमुना नेपाल बनाउन आग्रह गरिएको छ ।

अशोकको नेतृत्वमा अन्तरा साङ्गीतिक समुहले थुप्रै गीत स्रोता/दर्शकमाझ लिएर आएको छ । ‘सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ बैदेशिक रोजगारीमा गएका दिदीबहिनी दाजुभाइको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै हामीले लिएर आएका छौ, गीत सन्देश मूलक छ’, अशोकले भने ।

तपाईको प्रतिक्रिया