कोरोना भाइरसको कारण विश्वभरीनै व्यापार, व्यवसाय जस्तै मनोरञ्जन क्षेत्र प्रभावित भएको छ । नेपालमा पनि कोरोनको संक्रमणबाट बच्न भन्दै सरकारले लगाएको लकडाउनका कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन भने कतिपय कलाकारहरुले सचेतना बढाउने गीत र शर्ट मुभी सार्वजनिक गरेर मनोरन्जन प्रदान गरिरहेका छन।
यस्तैमा चर्चित गायक दीपक बज्राचार्यले भने कोरोना संक्रमणबाट बच्‍न सचेतनामूलक गीत लिएर आएका छन। युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्राचार्यले सचेतना फैलाउने कोरोना गीतलाइ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेका हुन।रिकी शाक्यको
शब्द र दीपककै संगीत रहेको गीतमा दीपकलाई स्वरमा छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन ।कोरोना भाइरसको उक्त गीत जनचेतनाको लागि होस भने अंग्रेजीमा समेत ‘सब-टाइटल’ राखिएको छ।
नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउँदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यले यो गीतको म्युजिक भिडियोमा पनि नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स लाखे समेत देखाइएको छ। यस्तै लिड गिटारमा रोजन शाक्‍य, झाक्री डान्सरमा लिजेन्द्र महर्जन, लाखे डान्सरमा राजीव बज्राचार्य, धिमेमा नरेश प्रजापति, बासुरीमा सुमन महर्जन, कीबोर्डमा सचेन बज्राचार्य र हाइ पर्सुसनमा मनिक महर्जनले साथ दिएका छन।
कोरोना भाइरसका कारण चैत्रको पहिलो हप्ता अस्ट्रेलिया र न्युजिल्यान्डमा सांगीतिक कार्यक्रम बीचमै कार्यक्रम छाडेर नेपाल फर्किएका दीपक र उनको ब्याण्ड रिदमले यता आएर पनि घर १४ दिन क्‍वारेन्टाइनमा बसेर बिताएका थिए । लामो लकडाउनको बसाइमा गायक गायक बज्राचार्य र छोरी चेरिसाले म्युजिक मेडिसिन अभियान अन्तर्गत फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया