काठमान्डाँै ।
नेपाली सुगम गायनको क्षेत्रमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा रहेको ”रुन्छन परदेशी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । देश प्रेमको भावका साथै परदेशी युवाको पिडालाई गीतमा समावेश गरिएको छ ।
धर्मराज भटटराईको शब्द सिर्जना तथा राज शुक्र लिम्बुको संगीत संयोजन गीतमा रहेको छ । परदेशमा आफनो परिवारको खुशीको लागी संधर्ष गर्ने नेपाली युवाको पिडालाई गीतमा समावेश गरिएको छ । गीतलाई बावुल गिरीले एरेन्ज गरेका छन ।
विष्णु भटटराईको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”रुन्छन परदेशी ” गीतको भिडियोमा दुर्गा पाण्डे , शनि अग्रहरी , रोजी क्षेत्री , कुलचन्द्र्र पुरी , एन्जल भटटराई , विष्णु भटटराईको अभिनय रहेको छ ।
”रुन्छन परदेशी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।