बिदुर,नुवाकोट। यतिबेला विश्व नै कोरोना भाईरसले आक्रान्त भईरहेको छ। यो भाईरसले नेपालमा अहिले रफ्तार बढाईरहेको छ। हालसम्म लगभग ४ हजारको हाराहारीमा संक्रमित पुगिसकेको छ। सबै त्राहिमाम भएर बसिरहेको अवस्था छ। सबैतिर ब्यापार ब्यबसाय र आर्थिक गतिबिधि ठप्प भएको छ।
तर यहि परिस्थितमा पनि केहि मनकारी व्यक्ति भने सामाजिक काममा सक्रिय भईरह्हेका छन्। अहिले आफ्नो दरबारमार्गमा ब्यबसाय ठप्प भएको कुनै वास्था नगरी लोक तथा दोहोरि गायिका धनकुमारी थापा सरु सामाजिक काममा सक्रिय भईरहेकी छिन। लकडाउन अबधिमा उनले अप्थारोमा परेका व्यक्तिको जिबनयापनमा सहयोग गरेकी छिन। त्यसैगरी उनले एक ब्रिदाश्रममा समेत पुगेर भोजन गराएकी छिन। उनि भन्छिन सहयोग गर्ने भाबना जागेकोले सहयोग गरेकी हु। आफु पिडा हुदा आफु भन्दा अरुलाई पिडा भएको देख्दा मन पोल्यो अनि सहयोगको हात अगाडी बढाएको हु।राहत वितरण हैन मैले सहयोग गरेको हु। यस अघि पनि उनले गरिब असाहय र दिन दुखिको उद्दार गर्दै आएकी छिन। 
उनि भन्छि आफ्नै जिल्ला नुवाकोटमा पनि केहि गर्ने योजना बनाएकी छु। लकडाउनको समयमा केहि गित तयार गरेको र लक डाउन पछि बजारमा ल्याउने तयारीमा रहेको पनि थाले जानकारी दीइन। नुवाकोटमा जन्मिएर उनले संघर्ष गर्दै आफुलाई लोक गायिका मात्र हैन महिला उधमिको समेत परिचय बनाएकी छिन

तपाईको प्रतिक्रिया