जेष्ठ २७, २०७७ काठमाण्डाैं,
जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, वाग्मती प्रदेश कमिटीले कोरोना भाइरस (कोभिड 19) र यसबाट यस पेशा माथी पर्नगएको असरका बारे तथा पेशा बिस्थापित हुन नदिनका लागी बुढानिलकण्ठ नगरपालीकाले आगामी निति तथा कार्यक्रममा समेटीनुपर्ने बिषयमा सुझाव र माग सहितको ७ बुॅदे ज्ञापनपत्र वाग्मती प्रदेश काठमाण्डाैं जिल्ला अन्तरगत बुढानिलकण्ठ नगरपालीका स्थित बुढानिलकण्ठ नगर प्रमुख ज्युको कार्यालय मा गई नगर प्रमुख श्री उद्वब खरेल ज्युलाई बुझाएकाे छ।

उक्त ज्ञापनपत्रमा घरभाडा छुट, स्थानिय कर छुट, श्रमिक पंजिकरण लगायत बिभिन्न मागहरु समेटिएकाे छ।

तपाईको प्रतिक्रिया