काठमाडौ, ४ असार । नायिका करिश्मा मानन्धर देशमा लगाएको लामो समयको लकडाउनले फुर्सदमा छिन् । लकडाउन केही हदमा खुकुलो गरेपनि काममा फर्कन सक्ने सम्भावना अहिले नै भएको छैन ।

लकडाउनको मारमा संसारका अधिकांश मानिस परेका छन् । नेपालमा मात्र लकडाउनमा आत्महत्या गर्नेको सख्या १ हजार नाघेको छ । कोरोना भाइरसले भन्दा पनि आत्म विश्वास नहुनाले दिनप्रतिदिन मानिसहरु मर्ने क्रम संसार भर जारी छ । समस्यालाई अवसरको रुपमा बुझ्न नसक्दा यस्तो भयावह स्थिती आएको जानकारहरुले बताउदै आएका छन् ।

नायिका करिश्मा मानन्धरले भने यतिबेला आफ्नो पुराना दिन सम्झेर समय बिताइरहेकी छिन् । करिश्मा अहिले सम्मकै चर्चित र सदावहार नायिका मध्ये की हुन् । उनी लामो समय चलचित्र क्षेत्रमा एक छत्र राज गर्न सफल नायिका पनि हुन् । उनले आफुले अभिनय गरेका पुराना चलचित्रका गीत, नृत्य गरेका चलचित्रका भिडियो तथा सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा राख्दै पुरानो दिन सम्झदै आएकी हुन् ।

तपाईको प्रतिक्रिया