काठमाडौँ – टिकटकमा हिट रहेकी अकेशा पोख्रेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। अकेशाको ‘नाम मेरो लाली’ बोलको पहिलो बालगीत सार्वजनिक भएको हो। गीतकार अम्बिका गुरुङको शब्द रहेको उक्त गीतमा रबिना बसेलको स्वर छ। साथै राजन कार्कीको कम्पोज तथा एरेन्ज रहेको छ।

त्रिशा केसीको निर्देशनमा बनेको उक्त गीतमा संदेश शर्माको छायांकन तथा प्रवेश सिंहको सम्पादन छ। उक्त गीत ‘नाम मेरो लाली’ लाई भाव सागर क्रियशनको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ। गीतकार अम्बिका गुरुङ्गका यसअघि थुप्रै हीट गीतहरु बजारमा आइसकेका छन्। साथै बाल कलाकार अकेशा पोख्रेलका अन्य म्युजिक भिडियोहरु समेत सार्वजनिक हुने तयारीमा छन्।

तपाईको प्रतिक्रिया