काठमाडौं – नेपालकै चर्चित रियालिटी शो हो द भ्वाइस अफ नेपाल । द भ्वाइस अफ नेपाल सिजन १ का विजेता सिडी विजय अधिकारीले लामो समय बितिसक्दा पनि आफुले पाउनु पर्ने उपहार पाइनसकेको गुनासो पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डेढ वर्ष बितिसक्दा पनि आफुले बाचा गरेअनुसारको उपहार नपाएको बताएका हुन् । उनले यस्तो अवस्थामा के गर्दा हुन्छ भन्दै सल्लाह सुझाव दिन पनि प्रशंसकलाई आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् – नमस्ते????.. कृपया मेरो भावना बुझेर अन्यथा नसोचिकन मलाई सुझाव सल्लाह दिनुहोला???? हजुरहरुले बिश्वास गरेर र माया गरेर द भोइस अफ नेपालको उपाधी दिलाईदिनुभएको बर्षौँ भैसकेपनि भोइस टिममबाट बिजेताप्रति खासै चासो, सहयोग , प्रबर्धन र लगाव नभएको शंका त मनमा पहिलेदेखिनै लागिरहेको थियो। जब बर्षौँ बितिसक्दा पनि सम्पुर्ण prize र म्युजिक भिडियो प्रोजेक्ट हस्तान्तरण गरिनसक्नुले म ज्यादै चिन्तित हुन पुगिसकेको र केही कदम चाल्ने मानसिकतामा पुगेको छु। यो अवस्थामा यहाँहरुको के सुझाव छ र मसँग हातेमालो गर्न, मलाई सहयोग गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न कृपया यति भनिदिनुहोला। यहाँहरुको आशिर्वादले बाँचेको मान्छे अब यहाँहरुकै हात र सल्लाहको डोरी समाएर आँफ्नो आगामी कदम चाल्न चाहन्छु। Are you with me?????????

गायक सिडी विजय अधिकारीले फेसबुकमा यो पोष्ट गरेपछि द भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशिल नेपालले पनि यहि बिषयलाई लिएर आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सिडी विजयको कुराले आफुलाई दुख लागेको बताएका छन् ।

स्टटसमा सुशिलले सिडी विजयले आफुमाथि अन्याय गरेको बताएपनि आफुले कसैलाई अन्याय नगरेको र अब पनि नगर्ने बताएका छन् । उनले सिडि विजयलाई भनेको समयमा पुरस्कार दिन नसके पनि आफुले सबै रकम दिने बताएका छन् । साथै उनले सिडी विजयलाई २७ लाख पनि दिइसकेको र बाकीँ पनि दिने बताएका छन् ।

उनले लेखेका छन् – म पनि दुखित छु !!हाम्रो पहिलो the voice of नेपालको facebook को status ले। CD Vijaya माथी मात्र होइनकि हामिलाई ( Anc event management) पटक पटक अरु पनि सहभागीले अन्याय गरेको भनेर अरोप लगाए पनि हामीले कसैमाथी आजसम्म अन्याय नगरेको र अबको दिनमा पनि नगर्ने प्रस्ट पार्न चाहन्छौ। मैले पनि संगीत जगतमा केही गर्ने सोचले नै आफ्नो घर जग्गा धितो राखेर शो को सुरुवात गरे।कुनै पनि प्रतियोगीबाट एक रुपैया पनि शुल्क लिइन बरु आफुले एक छाक खाए आफ्नो परिवार पाल्नु पर्ने जिम्मेवारिबाट समेत पछि हटेर घरमा आर्थिक सहयोग गर्नु त परको कुरा इष्ट मित्र साथी भाइ सङ सापट मागेर काठमाडौं को नै सबैभन्दा भन्दा महङ्गो मध्यको भिल्ला भाडामा लिएर 36 जना सहभागीलाई खाने बस्ने ब्यस्तमात्र होइन तिनी हरुले लगाउने अन्त्र बस्त्त्र सम्म धोइ दिने जिम्मेवारमा त्यस ठाउँमा राखे। काठमाडौंको सामान्य होट्लमा कोलाहलले सहभागीले भने जस्तो गर्न न सक्लान कि भन्ने पिर ले सम्पुर्ण रिन लाई भुलेर झन रिन लगाएर त्यस ठाउँमा राखे। लागेको थियो रिन त एक दिन तिरौला तर सङ्गितका लागि मैले गरेको यो त्याग अरुले न देखे पनि यिनी सहभागीले त देख्ने छ्न। भोलि यिनै बाट कसैले राम्रो गरे मैले गर्ब त गर्न पाउने छु।

तर सबै सोचेको जस्तो न हुने रहेछ। म पहिलो सिजन सक्दा न सक्दै रिन ले थलिए। मेरो सहभागीलाई कुनै पनि देशका नेपालीले बोलाउन खोजेनन।कति ठाउँमा हात जोडेर नै बोलाउन लगाए र कहि देशमा लेर पनि गए। जहाँ गए सबैले राम्रो नै गरे। अहिले सम्म जहाँ जहाँ गीत गाएका छ्न र जति पैसा आएको छ हिसाब गरेको देको नै छु। CD विजय लाई पनि पुरस्कार राशी समयमा नै दिनु पर्नेमा रिन ले छोप्दै लगे पछि भनेको समयमा सबै रकम दिन सकिन अहिलेसम्म लगभग 27 लाख दि सकेका छौ र बन्की रकम नदिएर हुदैन दिन्छौ नै। CD लाई पनि यो कुरा भनेको नै हो हामी हाम्रो बाचा जसरी पनि पूरा गर्छु। सोचेको जस्तो भै दिएन त्यस्को लागि माफी पनि पटक पटक मागेको हो र आझै पनि माग्छौ नै।

यति धेरै घाटा लागे पछि सिजन 1 गरेर सबै बन्द गर्दा पनि हुन्थ्यो तर हिमालय टेलिविजनको साथले हामीमा आशा पलायो। सिजन 2 ले कहि राम्रो पनि गर्यो। तर बिदेश यात्रा बाट आउन सक्ने ठुलो रकम रोकियो। सोचेको थियो यो रकम ले अहिले को केही रिन र CD लाई दिनु पर्ने पैसा पनि सबै तिर्छौ। त्यही भएर वहाँ सङ पनि हामीले आज सम्म को नयाँ सहमति बनाएका थिऔ। तर मेरो भाग्यले नै भनौ मलाई यो पटक पनि साथ दिएन। सबै सोचे भन्दा उल्टो भै दियो।यहि समयमा मैले bank को लोन न तिरे मेरो सबै जफत हुन्छ। यता CD को दिन्छु भन्दा भन्दै पनि अब भोलि देखि मैले सबैको अगडि मुख लुकाएर हिड्नु पर्छ।

आज सम्म ती सबै आयोजकहरु सुखी र खुसी छ्न जस्ले सहभागी बाट नै हजारौ हजार उठाए र लाखौं लाख कुम्लाए। मैल कुनै सहभागी बाट एक रुपियाँ लिन सक्दो राम्रो देखाउन राम्रो गर्न करोडौ खर्च गरे तर आज म नै सबै माथी अन्याय गर्ने ब्यक्तिमा गनिन पुगे। सबैको आँखा को तरो भन्न पुगे। सायद एसतै भएर होला कोहि पनि यो क्षेत्रमा लगानी गर्न न खोज्ने र बिदेशिन बाध्य हुने। हामीले गरेको बाचा जसरि पनी गर्छौ ढिला भएको मा क्षेमा माग्छौ CD बिजय हुनत यी सब कुरा तपाईंलाई राम्रो सङ थाहा छ तर पनि facebook बाट नै हामी लाई नाङ्गो बानाइ दिनु भएछ त्यस्लैले मैले पनि तपाईं लाई भनी रहेको कुरा फेरि यहाँ पनि लेख्न बाध्य भए। माफ गर्नु होला।

सुशिल नेपालको यस स्टाटस पछि फेरि गायक सिडी विजयले उक्त स्टाटस राख्दै २७ लाख दिएको कुरा बारे झुठो नबोल्न आग्रह गरेका छन् । उनले स्टाटसमा लेखेका छन् – एउटा कलाकारले आँफ्नो सत्यता, धैर्यता , बास्तबिकता र पीडा सबैले बुझिदिउन भन्नको लागि के अब आत्महत्या नै गर्नुपर्ने हो? सायद दाइ हजुरको status मा धेरैजनाले सहानुभुति हजुरलाईनै प्रदर्शन गर्नुभयो होला। तर मैले पनि यत्तिका बर्षसम्म तपाइँहरुलाई नबुझिदिएको भए दोश्रो सिजन सुरु नै हुनेथिएन होला। पटक पटक हजुरहरुमाझ भेट्ने र विभिन्न माध्यमबाट बिन्ति चढाउने काम मैले नगरेको हैन। अब म जुन अवस्थामा छु त्यो प्रमाण म कसरी दिउँ? तपाइँहरुको त्यत्रो जनाको टिमले बसेर मिलेर पनि एउटा बर्षौँ अघिको बिजेताको अवस्थालाई सम्हालिदिन पहल गर्नुहुन्न तर अन्य भिन्न शोहरु र अन्य सिजनहरु चलाउने अनि फेरि अर्को सिजनको तयारी धुमधामले कसरी गर्नुहुन्छ? मैले मनमा कुनै पनि पाप राखेर कुनै बाध्यता बिना फेसबूकमा सहयोग याचना गरेको भए सरस्वती माताको श्राप लागोस् मलाई दाइ???????????? हजुर र हजुरको टिम धन्य छ दाइ। सधैँ हजुरहरुलाई फलिफाप होस् यो अभागी कलाकारको पीडा अझै बुझ्ने कोहीरैनछ। सबैलाई धन्यबाद।????
अनि, 27 लाख दिसकेका छौँ भन्नुभएको रहेछ। झुटो नबोल्नुहोला दाइ। हिसाब हजुरको Account Section मा सोध्नुहोला।

तपाईको प्रतिक्रिया