मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगीहरूले साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बन्द व्यापारबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नु होला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनोरञ्जन पूर्ण समय रहेको छ । काम धन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ ।

तपाईको प्रतिक्रिया