काठमाडौँ – बिगत लामो समय देखि नेपालको राष्ट्रियता र अस्मितामा माथि कुप्रचार गर्दै आएका भारतका प्राईभेट न्युज च्यानलहरु अन्तत: नेपालमा बन्द भएका छन्। राष्ट्रियताको सवालमा होस् या नेपाल सरकारको बिषयमा सदैब नकारात्मक टिका टिप्पणी गर्दै आएका न्युज च्यानलहरुले पछिल्लो समय हद पार गरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको सम्बन्धमा नेपालका केवल वितरकहरुले भारतीय न्युज च्यानल बन्द गरेको कार्य एकदम सर्हानिय छ। वितरकहरूको यो निर्णयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत धन्यवाद दिएको छ।

हेपाहा प्रवृति, राजनीति हस्तक्षेप, अर्थतन्त्रमा बाधा अड्चन गर्दै आएको भारतले नेपाल र नेपाली जनतालाई समय समयमा दुख दिदै आएको छ। कहिले नाकाबन्दि लगाएर, कहिले सिमा अतिक्रमण गरेर त कहिले प्रत्यक्ष राजनीति हस्तक्षेप गरेर हाम्रो राष्ट्रियता माथिनै जाइलाग्ने प्रयास गर्दै आएको छ। एक भारतीय प्राईभेट न्युज च्यानलले सरकार प्रमुख माथि तथ्यहीन आरोपहरु लगाउदा नेपाल सरकारले यसको कानुनि उपचारको बिषय समेत सोच्न जरुरि छ। भारतीय न्युज च्यानल बन्द हुँदा नेपाली च्यानलहरुको समेत प्रबर्धन भएको हुँदा हामीले यसलाई सकारात्मक रुपमा लिनु पर्छ भने यो हाम्रो लागि गौरबको बिषय समेत हो। गलत तथा भ्रामक समाचारले गर्दा मुलुकले ठुलो नोक्सानी समेत व्यहोर्नु पर्ने हुन्छ तसर्थ हामिले समयमा नै सचेत भएर यस्ता बिकृति विसंगति फैलाउने कुतत्वलाइ बन्द गर्नु सक्नु सम्पूर्ण नेपालीहरु र राष्ट्रको लागिनै हितकर हो।

(पुस्कर पन्त- कलाकार, गीतकार, साहित्यकार, मोडल तथा समाजसेवी हुन्। उनि बिगत लामो समय देखि अमेरिकामा रहेर पनि नेपाल र नेपालीको हितमा काम गर्दै आएका छन्। )

तपाईको प्रतिक्रिया