रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ : वर्षाको मौसममा आफ्नो सौन्दर्य टिकाइराख्न र मेकअपबारे धेरैलाई द्विविधा हुन्छ । तर, यस्तो मौसममा पनि मेकअपका लागि त्यति धेरै सम्झौता गर्न भने आवश्यक छैन । यस्तो मौसममा त्यहीअनुरूपको मेकअप गर्न सकिन्छ । मौसम परिवर्तनसँगै मेकअपलाई पनि त्यहीअनुरूप ढालेर आफ्नो सौन्दर्य कायम राख्न सकिन्छ । मेकअपले नै महिलालाई सुन्दर देखाउन मद्दत गर्छ । तर हरेक मेकअपको पनि आ-आˆनै विशेषता हुन्छ । आ-आˆनै महत्व हुन्छ । वर्षायाममा यसै त पसिना आएर हैरान होइन्छ अनि भुन् मेकअप गरेर गरेर कसरी हिड्ने होला प्राय यो सबै केटीहरुको तनावको विषय हो ।

त्यसैले कुनै पनि कार्यक्रमलाई ध्यानमा राखेर मेकअप गर्दा त्यस वरिपरिको वातावरण तथा मौसमलाई पनि विशेष ध्यान दिनु पर्दछ । र, मौसम भन्नासाथ वर्षायामको पनि कुरा आउँछ । यस्ता मौसममा कस्तो मेकअप गर्ने भनेर जान्न आवश्यक छ ।

अन्यथा, आकाशबाट परेको पानीका कारण मेकअप लत्तपत्तिने डर त हुन्छ नै, अचानक परेको वर्षाका कारण अनुहारको चमक समेत कम हुने गर्छ । त्यसैले, यो समस्या नहोस् भन्नका लागि वर्षातको समयमा मेकअप गर्दा यी कुरामा ध्यान दिन आवश्यक छ :

मेकअप गर्नुअघि सनस्क्रिम वा सनब्लकको प्रयोग गर्नुपर्छ । जसले छालालाई घामबाट पर्न सक्ने असरबाट जोगाउन सकिन्छ । छालालाई सुट हुने खालका सामान मात्र प्रयोग गर्नुपर्छ ।

वर्षायाममा पानी र पसिनाबाट बचाउन वाटरप्रुफ मेकअप गर्नुपर्छ । सकेसम्म हलुका मेकअप गर्नु नै राम्रो हुन्छ, ता कि पानीले बगेर लतपतिन नपाओस् ।

बर्षातको समयमा अनुहारमा फाउन्डेसन तथा फेस पाउडर प्रयोग गर्नबाट बच्नुपर्छ । पानी परेका वेला फाउन्डेसन सजिलै बग्न सक्छ । लगाउनैपर्ने अवस्थामा भने वाटरप्रुफ फाउन्डेसनको प्रयोग गर्न सकिन्छ ।

मस्कारा, लाइनर, पाउडर र लिपस्टिकजस्ता मेकअपका सामान म्याट प्रयोग गर्नुपर्छ । जुन लामो समयसम्म रहनुका साथै लतपतिने डर पनि हुँदैन ।

क्याजुअल ड्रेसअपका लागि न्युड मेकअप गर्नुपर्छ । यो एकदमै सामान्य खालको हुन्छ । यसमा टल्किने खालको मेकअप हुँदैन ।

न्युड मेकअपले प्राकृतिक चमक देखाउँछ । मेकअप गरेकोजस्तो नदेखिने भएकाले कामकाजी महिलाका लागि समेत सजिलो हुन्छ ।

अकलरफुल आइस्याडो प्रयोग गर्नुहुँदैन । यस्तै न्युड कलरमा लिपस्टिकको प्रयोग गर्न सकिन्छ ।

विवाहित महिलाले टीका प्रयोग गर्दा ध्यान दिनुपर्छ । पानीले भिजाउँदा अनुहारमा बग्न सक्ने भएकाले वाटरप्रुफ बिन्दी वा स्टिकर भएको टीका लगाउन सकिन्छ ।

(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ । अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ । सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-4356385(BG mall) 9841641940 )

तपाईको प्रतिक्रिया