राजु बोहरा असार २९ – नेपालि नारीहरुको महान चाड हरितालिका तीज गीतलाई लक्षित गर्दै गोर्खा चौतारी म्युजिक प्रालिले भर्खरै मात्र निशान भट्टराई र सन्ता भट्टराई खत्रीको संयुक्त प्रस्तुति “यसपालिको तीज” बोलको गीत सार्बजनिक गरेको छ । गीतमा निशान भट्टराई र सन्ता भट्टराई खत्रीको सुमधुर स्वर रहेको छ । पोहोर सालको तुलनामा यस बर्षका तीज गीतहरु आफ्नै कला संस्कृति र मौलिकता बाट केहि टाढा पुगेको हो कि भन्ने भान भैरहेको बेलामा यस गीतले मौलिकताको जनेनार्थ भूमिका निर्वाह गर्न सफल भएको मनन गर्न सकिन्छ ।

गीतलाई लय रिमेश कुमारले तयार पारेका हुन् भने शब्द डी.पी खनाल ले तयार पारेका छन् । प्रस्तुत गीतको म्युजीक भिडियोमा दुर्गेश थापा र शुस्मा कार्कीको  आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन अशोक बि.क ले गरेका हुन् भने छायांकन बिरेन्द्र भाट र सम्पादन रबिन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया