काठमाडौं । गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियल म्याड्रिडले ग्रानडालाई २ १ गोलले पराजित गर्यो ।

यससँगै रियल म्याड्रिडले लिगमा लगातार नवौं जित निकालेको छ । गएराति भएको उक्त खेलमा रियलले पहिलो हाफमै दुई गोल गर्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा रियल म्याड्रिडले अग्रता लियो । त्यसको ६ मिनेटमा नै रियलले अर्को गोल थप्यो । त्यसपछि दोस्रो हाफमा ग्रानडाका डार्विन माचिसले गोल गरे । उनले दोस्रो हाफको ५ मिनेटमा नै गोल गरेका हुन् । यो जितसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । अब रियलको ३६ खेलमा ८३ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया