बलिउड अभिनेत्री सुस्मिता सेन वेब श्रृंखला ‘आर्य’को पोस्टर सार्वजनिक भएको छ । अभिनेत्री सुस्मिता सेनलाई पोस्टरमा लडाईका लागि तयार भएको योद्धा जस्तो देखिाइएको छ ।

यस सिरिजमा सुस्मिताले आर्य नामकी महिलाको भूमिका खेल्दैछिन् । उनलाई सिरिजमा आफ्नो पति (चन्द्रचुद सिंह) को मृत्युपछि ढाल भएर आफ्नो परिवारलाई बचाउन जुनसुकै लडाई लड्न पनि तयार हुने एक महिलाको भुमिकामा देख्न सकिने छ । राम माधवानीको निर्देशक तथा लेखक तयार भएको सिरिज चाँडै रिलिज हुनेछ ।

सुस्मिताले १५ बर्ष अगाडी बङ्गाली फिल्म फिल्म ‘ निर्बक ’ मा अभिनय गरेकी उनले हिन्दी फिल्म ‘ नो प्रब्लम ’मा अभिनय गरेकी छन् । फिल्ममा छोटो अभिनय गरेतापनि अभिनेत्री सुस्मिता दर्शकको नोटिसमा परेकी अभिनेत्री हुन् । विभिन्न भाषाका फिल्ममा पनि उनले अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया