काठमाडौँ – गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ। सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सबिना श्रेष्ठ र सोमा खत्रीले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।

देवदत्त भट्टको शब्द तथा सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ जनक अधिकारीले छायांकन गरेका हुन् भने दिनेश अधिकारिले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा समाजका प्रतिष्ठित व्यक्तिहरुलाई फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया