काठमाडौँ – स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १७ औं बार्षिकउत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का बैध श्रेष्ठले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १७ औं बार्षिक उत्सव एक भब्य समारोह बीच मनाएकी हुन् । उनको यो ब्युटिपार्लर काठमाडौंको नक्साल र बनेपामा रहेको छ ।

‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएर फुल ब्युटिसियन १ बर्षको कोर्ष उतिर्ण गरेको व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

वार्षिक उत्सब समारोहमा बोल्दै रुस्का बैद्य श्रेष्ठले १७ बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र व्युटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । १७ बर्षको अबधिमा आफुले काठमाडौं र बनेकामा गरे करिब ८ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

विभिन्न अग्रज व्युटिसियनहरुले सो समारोहमा १७ औं वार्षिक उत्सबको शुभकामना व्यक्त गरे । पूर्व मिस नेपाल उषा खड्की बरिष्ट सौन्दर्यबिदहरु राज्यश्री श्रेष्ठ, सिता पाठक, सोनी कारँजित, सुमित्रा रँजित, रश्मिला श्रेष्ठ, लक्ष्मी महतसहित विभिन्न सौन्दर्यकर्मीहरुले बरिष्ट सौन्दर्यबिद रुस्कालाई १७ औं वार्षिक उत्सबको बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

१७ औं वार्षिक उत्सबको केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियनसहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया