काठमाडौँ – लोकप्रिय गायिका सहिमा श्रेष्ठको तिज गित ‘दिल खोलेर नाचिन्छ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा सार्बजनिक गरिएको यस गीतले समसामहिक बिषय बस्तुलाइ समेत उजागर गर्दै यसपालीको तीजमा ‘दिल खोलेर नाचिन्छ’ भनिएको छ।

गीतकार रेखा पन्तको शब्द तथा सहिमा श्रेष्ठको सुमधुर आवाजमा रहेको गीतलाई संगीतकार कोसिश क्षेत्रिले संगीत भरेका हुन्। नबराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोलाइ समुन्द्र भट्टले निर्देशन गरेकी छिन भने गोबिन्द राइको कोरियोग्राफी रहेको छ। सार्बजनिक भिडियोमा नायिका निता ढुंगाना, मौसम खड्का, कल्पना बस्नेत, गुणराज दाहाल, छिरीङ डोल्मा शेर्पा, बालकलाकारहरु बिशेषता बुढाथोकी, अक्षता पोखरेल र अंशु पोखरेल लगायतकालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शान्ता बस्नेत र आकाश बुढाथोकीले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया