काठमाडौँ – नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसर पारेर गायिका शोभा केसीले यो बर्ष पनि तिज गित “दुई बित्ता सारेर” को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन। बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनि हुन्। शोभा केसी एक कुशल गीतकारको रुपमा समेत परिचित छिन।
राजेश कुमार श्रेष्ठको शब्द तथा संगीत र गायिका शोभा केसीको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा नायिका सुभेच्क्षा थापाले अभिनय गरेकी छिन। निर्देशक प्रेम शर्मा पौडेलको सम्पदान तथा निर्देशन रहेको यस भिडियोलाई जय कुमार दर्लामी मगरलेले छायांकन गरेका हुन्। भिडियो हेर्नुहोस :