नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘चुरीया हातैमा ’ सार्वजनिक गरिएकाे छ। सोमबार सार्वजनिक गरिएको मार्मिक तीज गीतमा पछिल्लो समयका चर्चित प्रतिभावान युवा सर्जक अनिल खनालको शब्द र चर्चित गायिका टिका पुन र रामकुमार बस्नेतको स्वर रहेको छ। ‘चुरीया हातैमा ’ गीतको म्युजिक भिडियोमा शंकर बि सी ,शेखर खनाल ,करिश्मा सिंह ठकुरी र ऋतु तामांगको अभिनय रहेको छ। शेखर खनालले निर्देशन गरेको भिडियोमा दुर्गा पौडेल छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ।

 

तपाईको प्रतिक्रिया