काठमान्डौ । नेपाली गीत संगीतको क्षेत्रमा व्यवसायिकता नहुँदा पनि कलाकारहरुले आफ्नो छाक काटेर यस क्षेत्रको सम्बृद्धिका लागि लगानी गरिरहेका छन् । यसै भिडमा गीतकार तथा संगीतकार नबिन योगी पनि पर्दछन् । उनले यस भन्दा पहिले पनि केहि गीतहरु सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

नबिनको पछिल्लो गीत “मायाँको दियो” हो । पूर्ण संयोगको संगीत सम्योजन, नबिन योगी कै शब्द संगीतले सजिएको यस गीतमा रमण बुढा मगर र मनु थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा हर कोसिस गर्दा पनि आफुले मन पराएको मान्छेलाई आफ्नो बनाउन नपाउँदाको वियोगान्त कथा समाबेस गरिएको छ ।

हाल प्रबासमा रहेका नबिन नेपाली गीत संगीतको क्षेत्रका लागि निकै आशा लाग्दा प्रतिभा हुन् । उनीमा लोक दोहोरी तथा आधुनिक सबै गीत संगीतमा आफ्नो कला पोख्न सक्ने खुबी रहेको छ ।

“मायाँको दियो” गीतको म्युजिक भिडियोमा सरिता दनकुटी र ज्ञानेन्द्र योगीको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई डेनिश खनालले छायांकान गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । गीत मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया