पछिल्लो समयका चर्चित गायक पदम राईको ‘के गुलियो छ र शखर चिनी ’ गीत सार्वजनिक भए संगै श्रोता ,दर्शकको मन जित्न सफल भैरहेको छ ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनी ..’ मा गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन्। डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल ‘को संगीत,रहेको गीतको म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्माका साथमा कार्टुन क्रुजका कलाकारको अभिनय रहेको छ । बिगतमा राम्रा, राम्रा गीत, संगीत पस्कदै आईरहेको भएपनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर गायक पदम राइ चर्चामा रहेका छन ।
बिगतका सांगीतिक कोसेलीलाई झै यसलाई पनि माया गरिदिनु हुन गायक राइले दर्शक, श्रोता र सम्पूर्ण मिडिया हाउसलाई आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया