एक दर्जन बढि सृजनाहरु सार्वजनिक गरिसकेका गायक , गीतकार तथा संगीतकार सरगम राई हाल अमेरिकामा बस्दै आउनु भएको छ । विदेशमा बसेर पनि गीत संगीत सिर्जनामा क्रियासिल राई संग सम्बन्धित रहेर हामीले गरेको कुराकानी ।

1. तपाईको जन्म कहिले र कहाँ भयो ?
मेरो जन्म भुटानमा भएको हो। म हुर्केको , पढेको नेपालमा नै हो। मेरा पुर्वजहरु नेपालबाटै भुटान जानु भएको थियो यसर्थ म आफुलाई नेपाली भन्न रुचाउछु।

2. तपाई गीत संगीत प्रति कसरी आकर्षित हुनुभयो ?
मलाई सानो उमेर देखि नै गीत संगीत र कलामा रुचि थियो। बिध्यार्थीकालमा गीत गाउने र लेख्ने गर्थे यहि कारण म गीत संगीत संग नजिकिन पुगे।

3. भर्खरै तपाईको शब्द र संगीतमा रहेको म्युजिक ‘दुई मुटु’ सार्वजनिक भएको छ दर्शक , स्रोताको कस्तो प्रतिक्रिया पाईरहनु भएको छ ?
सुरुवातमा दुई मुटु गीतको हामीले गायक गायिका संगको मात्र स्टुडियो भिडियो सार्वजनिक गरेका थियौ त्यो पनि आधा गीत मात्रै थियो। हालसम्म त्यो भिडियो ३ लाख बढीले हेरिसक्नु भएको छ। अहिले हामीले यो गीतको अफ़िसिएल भिडियो पनि सार्वजनिक गरिसेका छौ। सबै प्रतिक्रियाहरु एकदमै सकारात्मक छन्। सम्पूर्ण दर्शक , स्रोताप्रती आभारी छु।

4. हालसम्म कतिवटा गीत संगीत सार्वजनिक गरिसक्नु भयो ? आफ्ना सिर्जनाहरु मध्य सबैभन्दा प्रिय कुन लाग्छ ?
अहिलेसम्म १ दर्जन बढी सृजनाहरु सार्वजनिक गरिसकेको छु। थोरै मात्र गीतको भिडियो निर्माण भएको छ केहि गीतहरुको भिडियो निर्माण हुने क्रममा नै छ। आफुले निकै मिहेनेत गरेर बनाएको सृजनाहरुमा आफ्नो भावना र अट्याच्मेण्ट जोडिएको हुन्छ तेसैले मेरो लागि मेरो सृजनाहरु सबै प्रिय लाग्छन्।

5. अमेरिका कसरी पुग्नु भयो ? अमेरिकामा के गर्दै हुनुहुन्छ ? i
भन्छन् संसारमा समय भन्दा बलवान केहि पनि छैन। म अमेरिकामा हुनुको कारण पनि समयको खेल ,भाग्यको खेलहो भन्छु। मैले बिज्ञान बिषयमा अध्ययन गरेको भएर म यसै संग सम्बन्धित काम गरिरहेको छु। यसका अलवा म सक्रिय रुपमा नेपाली गीत संगीत र कला क्षेत्रमा निरन्तर काम गरिरहेको छु।

6. अमेरिकामा नेपाली गीत संगीतको अवस्था कस्तो छ ?
अमेरिकामा भएर पनि नेपालीहरुले आफ्नो कला , भाषा , संस्कृति भुलेका छैनन्। सर्जकहरुले निरन्तर रुपमा आफ्ना सृजनाहरु सार्वजनिक गरिरहेका छन् साथसाथै सर्जकहरु नेपाली गीत संगीतलाई अन्तरास्ट्रिय रुपमा चिनाउन प्रयासरत छन्।

7. गीत संगीत सिर्जना गर्न समय वेवास्थापन कसरी गर्नु हुन्छ ? आगामी दिनमा कस्ता गीत संगीत तपाई बाट अपेक्षा गर्न सकिन्छ ?
जहा ईक्षा तेही उपाए भनिन्छ। अमेरिकाको वेस्त दैनिकीका वावजुद पनि गीत संगीत सृजनाका लागि मैले जहा जुनसुकै बेला समय वेवास्थापन गर्न सकेको छु। आगामी दिनहरुमा अझै मौलिक , स्तरिय गीत संगीतको अपेक्षा म बाट गर्न सक्नु हुन्छ।

8. विदेशमा रहेर नेपाली संगीतमा काम गर्न कत्तिको गाह्रो छ ? नेपालमा संगीत क्षेत्रमा समस्या के देख्नु भएको छ ? ।
कहिलेकाही समय वेवास्थापनको कुरा मात्रै हो नत्र अहिले प्रविधिले सजिलो बनाइदिएको छ। विदेशमा भए पनि सहजै सबैकुरा गर्न सकिन्छ। हुन त जुन सुकै क्षेत्रमा सानो ठुलो समस्या हुन्छ नै। मेरो विचार गीत संगीत क्षेत्रमा तेस्तो ठुलो समस्या छैन होला। समस्या छ भने पनि पहिचान गरेर हामी सबै मिलेर सुधार गर्दै जानु पर्छ।

9. आगामी सपनाहरू के छन ?
गीत संगीत क्षेत्रमा अझै राम्रो काम गर्दै जाने बाहेक खासै अरु ठुलो सपना छैन।

10. अन्त्यमा केही भन्नू चाहनुहुन्छ ?
मेरा सृजनाहरु सुनेर हेरेर साथ , सहयोग र माया गरिदिनु भएकोमा स्रोता, दर्शक र मिडिया हाउसलाई हृदय बाट धन्यवाद भन्न चाहान्छु।

तपाईको प्रतिक्रिया