अमेरिका बसेर लामो समयदेखि हिट हिट नेपाली गीत गायनमा सक्रिय गायक सुदन गैरेको नयाँ गीत ‘उडी जाने जेट ‘छिट्टै नै सार्वजनिक हुने भएको छ।
लेखु सहयात्रीको शब्द ,सुवास भुसालको सगीत अनि गायक सुदन र मेलिना राइको स्वर रहेको गीतको म्युजिक भिडियोको छायांकन सकिएर हाल पोस्ट प्रोडक्सनको काम भैरहेको र छिट्टै नै म्युजिक भिडियो सार्वजनिक गरिने भएको हो ।
डान्सिङ जनराको गीत भएकाले भिडियोमा नृत्यमा चर्चित अनुहारहरु एलिसा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने निर्देशक गणेश शाहीले जानकारी दिए । प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया