हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
हिजो आज चाडवाडले गर्दा होला म अहिले तीज कार्यक्रमहरुको स्टेज शोमा व्यस्त छु ।

रोमा न्यौपाने भन्ने बित्तिकै सबैले नाच्न स्टेजमा आउने कलाकार भन्छन् नि, यो विषयमा के भन्नुहुन्छ ?
म अलि फरक क्षमता भएको एउटा कुशल नृत्याङ्गना हो कि जस्तो लाग्छ, रोमा न्यौपाने भन्ने बित्तिकै सबैले नाच्न स्टेजमा आउने कलाकार भन्दा एकदम खुशी लाग्छ किनभने म दुई ओटै खुट्टा हुने भन्दा राम्रो नृत्य गर्छु, त्यही भएर मैले नृत्यसँग सँधै धेरै व्यक्तिहरुलाई हौसला प्रदान गरेकी छु । म एउटा नृत्याङ्गना नै भनेर चिनिएकोमा गर्व गर्छु ।

शारिरीक अशक्तता भएपनि अवसर पाएभने केही गर्न सक्छन् भन्ने उदाहरणको पात्र तपाई हुनुहुन्छ, यस विषयमा तपाईको धारणा के छ ?
अवसर भन्ने कुरा घरमा बसीबसी आउने कुरा होइन, उसको लागि कडा मिहिनेत, दुःख, संघर्ष गर्न अति जरुरी छ जस्तो लाग्छ । म पनि सजिलै यो स्थानमा आइपुगेको होइन । कडा मिहिनेत, दुःख, संघर्ष गरेर यहाँ आइपुगेको हरेक व्यक्तिको मान्छेहरु उज्यालो मात्र देख्छन् । तर, यही उज्यालो ठाँउमा आउन कति अँध्यारो झेल्नु पर्यो होला । त्यो त दुःख, संघष गर्नेलाई मात्र थाहा हुन्छ ।

तपाई धेरै स्टेज कार्यक्रममा नाच्न पुगिसक्नु भएको छ, कसैले फिल्ममा नाच्न अफर गर्यो भने स्वीकार्नुहुन्छ ?
हो, मैले धेरै स्टेज कार्यक्रम गरिसकें, तर फिल्ममा पनि मैले नाचिसकको छु । द लेडी विथ द ल्याम्पमा म नै नायीका भएर खेलको छु अनि नाच्न परेन त !

तीज नजिकिदै गर्दा तपाईपनि स्टेज कार्यक्रमको लागि देश दौडाहामा हुनुहुन्छ, तपाईको नाच हेरेर के भन्छन् दर्शकहरु ?
पहिला पहिला बाटोमा हिंडदा एउटा साधारण बैशाखी टेकेर हिंड्ने भनेर सबै जना हेर्थे, हाँस्थे, जिस्काउथे । तर, अहिले बाटोमा हिंड्दा कलाकार, नृत्याङ्गना रोमा न्यौपाने भनेर अटोग्राफ लिन्छन्, कोही सेल्फी खिच्न आउँछन् । स्टेजमा त मेरो पर्फमेन्स हेरेपछि सबैजना खुशी हुन्छन्, कोही आँशु झार्छन् र कोही अझै राम्रो गर्दै जानु भनेर आशिर्वाद दिनुहुन्छ ।

अन्य कलाकारले तपाईको नाच हेरेर कस्तो प्रतिक्रिया दिने गरेका छन् ?
कसरी सकेको होला, यति फुर्तिका साथ नाच्न कसरी आएको, यस्तो इनर्जी माने मैले रोमालाई भन्दै अँगालो हाल्न आउनुहुन्छ । मेरो कलालाई उहाँहरुले सम्मान गर्नुहुन्छ ।

तपाई जस्तै कलाकारितामा लाग्न चाहनेहरुलाई के भन्नुहुन्छ ?
कलाकारलाई हेर्ने दृष्टिकोण अझै पनि फरक छ । आफु भलो त जगतै भलो भन्छन् नि, आफु राम्रो भएर अगाडि बढ्नुस, दुनियाँले के भन्छ भनेर होइन, आफु कस्तो छु भनेर अगाडि बढ्यो भने यो फिल्ड धेरै राम्रो छ जस्तो लाग्छ । काम गर्दै जाँदा अनेकन बाधाबन्धन आउँछ, तर हरेस खानु भएन । लगनशील भएर अगाडि बढ्नुस भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया