काठमाडौं। विश्वप्रसिद्ध अमेरिकी गायिका माइली साइरसले फेरि बिहे गर्ने र सन्तान जन्माउने सोच आफ्नो मस्तिस्कबाट हटाइसकेकी छिन् । हालै आफ्ना ब्वाइफ्रेण्ड, अस्ट्रेलियन गायक कोडी सिम्प्सनसँग छुट्टिएकी माइलीले अब आफू जिम्मेवारबिाट मुक्त हुन चाहेको बताइन् । बेलायती अखबार मेट्रोका अनुसार उनका साथीहरुले माइली र २३ वर्षे कोडीका बीचमा कुनै मनमुटाव नभएको बताएका छन् । माइलीले गत वर्ष मात्र आफ्ना अस्ट्रेलियाली पति लियाम हेम्सवर्थसँग सम्बन्धविच्छेद गरेकी थिइन् । यही वर्ष अस्ट्रेलियामा लागेको भीषण आगोमा उनको घर पनि जलेर नष्ट भएको थियो ।

हेम्सवर्थसँगको १० वर्ष लामो सम्बन्ध अन्त्य गर्नु निकै पीडादायी भएको बताउँदै माइलीले पछिल्लो समय आफू यौन सम्बन्धबाट दिक्क भइसकेको बताइन् । उनले पछिल्लो यौन सम्बनधबारे भनिन् ‘यो मैले जत्तिको रमाइलो हेला भनेर सोचेकी थिएँ त्यस्तो भएन । इमानदार भएर भन्दा यो धेरै लामो समय मात्र भयो ।’ माइलीले ठूलो संख्यामा यौन खेलौनाहरु पनि जम्मा गरेर राखेकी थिइन् । उनले ती खेलौनाहरुलाई घरभित्र सजायनका लागि प्रयोग गरेको बताउँदै भित्तामा तिनीहरु जस्तो देखिन्छन् त्यो आफूलाई मन गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया