लोकप्रिय गायक सरोज साजन श्रेष्ठ ‘एस थ्री’ को नयाँ लोकपप गीत ‘माया नैनी ताल ‘को भर्खरै मात्रै शुटींग सम्पन्न भएको छ । यस गीतको भिडियोमा अहिलेका चर्चित मोडेल सुधिर श्रेष्ठ, रियाशा दाहाल र अर्का सम्भावना भएका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । सरोज साजन श्रेष्ठ कै शब्द, संगीत र स्वर भएको यस गीतमा नेपाली लोक र पप जनरालाई फ्युजन गरिएको छ । ललितपुर र काठमाडौँ मा छायांकन भएको यस भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन। भिडियोमा उत्सव दाहालको छायांकन, सुरेन बसेलको नृत्य निर्देशन, दिपेन गौतमको निर्माण नियन्त्रण रहेको छ । सरोज साजन श्रेष्ठ प्रस्तुति र अन्तराष्ट्रिय कम्पनि नेप्सिनेको भिडियो निर्माण रहेको यस भिडियोमा निर्माता प्रेम रेग्मी रहेका छन् । सार्बजनिक हुन लागेको भिडियोमा नेप्सिनेको तर्फा बाट रायन रेज कार्यकारी निर्माता हुन् । यति बेला यो भिडियो को सम्पादन कार्य नेप्सिने फिल्म स्टुडियोमा बिकाश दाहालले गर्दै छन् । भिडियोलाई तीज पछि रिलिज गरिने निर्माण पक्षले बताएको छ।

तपाईको प्रतिक्रिया